अब सडकले नछोएको जग्गा धितो राखेर पनि ऋण पाइने

काठमाडौं । अब सडकले नछोएको खेतीयोग्य जग्गा धितोमा राखेर पनि ऋण लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मोटर बाटो नभएको जमिनमा पनि बैंकहरूले धितो स्वीकृत गर्न निर्देशन दिएसँगै सडकले नछोएको जग्गा धितोमा ऋण पाइने भएको हो ।

 

यसअघि १२ फिट बाटो नभएको जग्गालाई बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा स्वीकार गर्दैनथे। व्यवसायिक कृषि, पशुपालन, साना तथा मझौला व्यवसाय गर्ने तथा भूकम्प प्रभावित क्षेत्रमा आयमूलक क्रियाकलापलाई प्रोत्साहित गर्न भन्दै राष्ट्र बैंकले २० लाखसम्म कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको छ ।

 

राष्ट्र बैंकले सबै वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७९को अधिकार प्रयोग गर्दै यस्तो निर्देशन दिएको हो।

बैंकको विकल्पमा खुलेको सरकारी कार्यालयमा १६ वर्षदेखि तालाबन्दी Read Previous

बैंकको विकल्पमा खुलेको सरकारी कार्यालयमा १६ वर्षदेखि तालाबन्दी

१५० अर्बको सिमेन्ट बजार, निर्यातको वातावरण नबने डुब्ने खतरा Read Next

१५० अर्बको सिमेन्ट बजार, निर्यातको वातावरण नबने डुब्ने खतरा