नेपालगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा सवा २ अर्ब बढी राजस्व

काठमाडौं । बाँकेको नेपालगञ्ज भन्सार कार्यालयले २ महिनामा लक्ष्यभन्दा २ अर्ब ३२ करोड बढी राजस्व असुली गरेको कार्यालय प्रमुख जयबहादुर भण्डारीले बताएका छन् ।

 

भन्सार कार्यालयको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको लक्ष्य ७ अर्ब ५८ करोड रहेकोमा ९ अर्ब ९० करोड अर्थात् ३०.६० प्रतिशत राजस्व असुली गरेको हो ।

 

चालू आर्थिक वर्षको पहिलो महिनामा १७७ प्रतिशत राजस्व असुली गरेको नेपालगञ्ज भन्सारले यस वर्ष राजस्व असुली कम हुने पुस महिनामा समेत १३८ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिएका छन् ।

 

भन्सार कार्यालयको यस वर्ष १५ अर्ब १८ करोड ९२ लाख ८५ हजार राजस्व असुली गर्ने लक्ष्य रहेकोमा सजिलै पूरा हुने सङ्केत देखिएको छ ।

नयाँ अमेरिकी राष्ट्रपति बाइडनले पद सम्हाल्ने बित्तिकै उल्ट्याए ट्रम्पका यी नीति Read Previous

नयाँ अमेरिकी राष्ट्रपति बाइडनले पद सम्हाल्ने बित्तिकै उल्ट्याए ट्रम्पका यी नीति

विदेशबाट आयात बढेसँगै तरकारीको मूल्य सस्तियो Read Next

विदेशबाट आयात बढेसँगै तरकारीको मूल्य सस्तियो