कृषिमा वैदेशिक लगानी ल्याउनुको विकल्प छैन : कृषि प्रवक्ता घिमिरे

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी ल्याउनै पर्ने बताएका छन् । उनले कृषिमा लगानी आउनु हुन्न भन्ने मानिसहरुले राम्रोसँग अध्ययन नगरेको भन्दै उनीहरुले किन र कसरी कृषिमा वैदेशिक लगानी चाहिन्छ भन्ने कुरामा ध्यान दिनु पर्ने बताए ।

 

एशोसिएसन अफ नेपाल एग्रीकल्चर जर्नालिस्ट (अनाज) द्धारा आयोजित ‘कृषिमा विदेशी लगानी खुलला किन?’ बहस कार्यक्रममा बोल्दै उनले व्यापक गृहकार्य गरेर वैदेशिक लगानी ल्याउनु पर्ने बताएका हुन् । कृषि मन्त्रालयमा बजेट सँधै कम आउने भन्दै उनले विदेशी लगानी भित्राउनुको विकल्प नरहेको बताए । कृषि महत्वपूर्ण क्षेत्र भएकाले यसमा वैदेशिक लगानी गृहकार्य गरेर ल्याउनु पर्ने बताए ।

 

‘कृषि क्षेत्र अहिले अर्ध व्यवसायीक ढंगले चलिरहेको छ । व्यवसायीक ढंगले चलाउन तर्फ हामी उन्मुख छौं । यसमा पूर्ण व्यवसायीक हुन लगानी ल्याउनै पर्छ,’ घिमिरेले भने ।

 

कृषि क्षेत्रको कुन सेक्टरमा लगानी ल्याउने, कसरी ल्याउने भनेर निर्देशिका बनाउदै गरेको उनले बताए । निर्देशिका बन्दा सर्तहरु अन्तर्गत कसरी लगानी ल्याउने निर्णय गरेर नर्देशिका ल्याउने उनको भनाई छ ।

 

उनले ऐन आएर केही नबिग्रेको भन्दै ‘लगानी ल्याउनै पर्छ, विकास गर्नु पर्ने क्षेत्र धेरै बाँकी छन्,’ भने ।

 

अरनिको राजभण्डारीले कृषिमा वैदेशिक लगानी गर्दा स्वदेशी लगानी सुरक्षित गर्नु पर्ने बताए । कृषिमा विदेशी लगानी आउनासाथ उत्पादत्व बढ्ने ग्यारेन्टी नभएको उनले बताए ।

 

आउने सालसम्ममा दुधमा आत्मनिर्भर हुने बताउँदै उनले जम्मा २ लाख लिटर उत्पादन गर्न बाँकी रहेको बताए । उनले सुरुमा आफ्नो लगानीलाई सुरक्षित बनाउनु पर्ने र त्यसलाई बलियो बनाएपछि मात्र वैदेशिक उद्योग ल्याउनु पर्ने बताए ।

 

‘हामी वैदेशिक लगानीको विरोधी होइनौं । तर यसो गर्दा छलफल गरेर कुन सेक्टरमा लगानी ल्याउने छलफल हुनु पर्छ,’ राजभण्डारीले भने ।

 

दुध, अण्डा, कुखुराको मासुमा आत्मनिर्भर भइसको भन्दै उनले यी क्षेत्रमा वैदेशिक लगानी आउनु नहुने बताए ।

नेपाल लाइफ इन्स्योरेन्सको ‘सेयर स्प्लीट’ गर्ने निर्णयले लगानीकर्तालाई के फाइदा होला ? Read Previous

नेपाल लाइफ इन्स्योरेन्सको ‘सेयर स्प्लीट’ गर्ने निर्णयले लगानीकर्तालाई के फाइदा होला ?

खाने तेलको मूल्य अस्वभाविक बढाउने दुई उद्योगलाई कारबाही Read Next

खाने तेलको मूल्य अस्वभाविक बढाउने दुई उद्योगलाई कारबाही