काठमाडौं । १९९० को नेवारी थिममा, द क्लासिक जिंगो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । पारिवारिक वातावरणयुक्त रेष्टुरेन्ट काठमाडौं कपनस्थित दुर्गामन्दिर नजिक अवस्थित छ ।
वैदेशिक रोजगारीबाट फर्केका युवाले एकै थलोमा अन्तर्राष्ट्रिय तथा लोकल परिकार उपलब्ध गराउने उद्देश्यले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्टमा नेवारी, मेक्सिकन, मिक्स कंटिनेन्टल र लोकल खानाहरु उपलब्ध छन् । वैदेशिक रोजगारीका क्रममा दुबई र माल्दिभ्समा ४ वर्ष सेफका रुपमा काम गरेका युवा पुष्कर श्रेष्ठले जिंगो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्नपर्छ भन्नेमा विश्वास गर्ने श्रेष्ठले कोभिड–१९ को महामारीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । ‘नेपालमा हरेक क्षेत्रमा व्यवसायीक सम्भावना छ’, श्रेष्ठले भने, ‘सीप, आइडिया र पूँजीको अभावले गर्दा यहाँको युवा विदेशिने गरेका छन् ।’

विदेशमा सिकेको सीपलाई उपयोग गर्न सकिए स्वदेशमै आत्मनिर्भर हुन सक्ने श्रेष्ठको भनाइ छ । शान्त र हरियाली वातावरण भएको ठाउँ भेटिएकाले कोभिड–१९ को बीचमै रेष्टुरेन्ट सञ्चालन गरिएको उनले बताए ।
रेष्टुरेन्ट करिब एक रोपनी क्षेत्रफलमा फैलिएको छ । उक्त स्थानमा विभिन्न प्रकारको रुख विरुवका साथै चार वटा प्राइभेट कटेज पनि छ । शान्त र स्वच्छ वातावरणमा गुणस्तरीय र स्तरीय खानाका लागि जिंगो काठमाडौंबासीका लागि उत्कृष्ट विकल्प हुन सक्छ । काठमाडौंको चक्रपथ गोपीकृष्ण हलदेखि साढे एक किमी र सुकेधाराबाट १.३ किमीको दुरीमा अवस्थित छ ।
रेष्टुरेन्टमा अन्तर्राष्ट्रियस्तरमा खानाका शौखिनकाबीच लोकप्रिय बन्दै गएको टाकोस, नाचोस साथै स्वदेशी नेवारी सेट, समैंबजी, यमरी, छोयला, बारबिक्यू लगायतका खाना एउटै थलोमा प्राप्त गर्न सकिन्छ ।

‘नेपालीहरुमा पछिल्लो समयमा विभिन्न स्वादको खाना खाने प्रचलन बढ्दो छ । नेपाली विश्वका हरेक देशमा पुगेका छन्,’ श्रेष्ठले भने, ‘स्वदेशमै अन्तर्राष्ट्रियस्तरको खाना खाने धेरैको चहाना हुन्छ ।’
उपभोक्तालाई स्तरीय र गुणस्तरीय स्वादिलो खाना चखाउन रेष्टुरेन्ट सञ्चालन गरिएको उनले बताए । ‘स्वदेशमा जस्तो विदेशमा आत्मसन्तुष्टि मिल्दैन,’ श्रेष्ठले भने, ‘विदेशमा जति पैसा कमाए पनि सुखदुःख बढ्नका लागि परिवार तथा साथी पाइदैन ।’
नेपालमा थोरै पैसा कमाए पनि आत्मसन्तुष्टि मिल्ने उनको भनाइ छ । जिंगमा १२० जनासम्म अट्ने क्षमता छ । यहाँ विवाह, वर्तबन्धन, पास्नी, लाइभ म्यूजिक लगायत आयोजना गर्न प्रयाप्त पुर्वाधार पनि छ । उनीसँग वैदेशिक रोजगारीका क्रममा कतारको र्याडिसन ब्ल्यू होटलमा ढेड वर्ष र माल्दिभ्सको फुराबेरी रिर्सोटमा करिब ३ वर्ष कुकको अनुभव पनि छ ।