महासङ्घले गठन गर्‍यो रोजगारदाता परिषद्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले रोजगारदाता परिषद् गठन गरेको छ ।

 

एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईको अध्यक्षतामा महासङ्घको रोजगारदाता परिषद् गठन गरिएको हो । परिषद्को उपसभापतिमा महासङ्घको कार्यकारिणी समितिका सदस्य प्रवलजङ्ग पाण्डे चुनिएको महासङ्घले जनाएको छ ।

 

परिषद्का सदस्यमा एशोसिएट समूहबाट महासङ्घको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासङ्घको पूर्व कार्यकारिणी समिति सदस्यमा विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग सङ्घका राजकुमार गोल्छा र प्रतिनिधि डाबर नेपाल चुनिएका छन् ।

 

त्यसैगरी वस्तुगत सङ्घ समूहबाट परिषद्को सदस्यहरूमा महासङ्घको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक सङ्घका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग सङ्गठन मोरङका राकेश सुराना, वीरगञ्ज र सिद्धार्थनगर उवासङ्घका प्रतिनिधि हुन् ।

 

यस्तै प्रदेश समूहबाट परिषद्को सदस्यहरूमा प्रदेश १ बाट महासङ्घको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट महासङ्घको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मीप्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दीपक पौडेल चुनिएका छन् ।

 

यस्तै परिषद्ले असल श्रम सम्बन्धको प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम सङ्गठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको सङ्घसंस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानका लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्नेलगायत काम गर्नेछ ।

लिबर्टी इनर्जीले बनाएको २५ मेगावाट बिजुली चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने Read Previous

लिबर्टी इनर्जीले बनाएको २५ मेगावाट बिजुली चैतदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने

देशकै पहिलो सुक्खा बन्दरगाहमा ‘रिच स्टेकर मेसिन’ अभाव, ३ हजार कन्टेनर थन्किए Read Next

देशकै पहिलो सुक्खा बन्दरगाहमा ‘रिच स्टेकर मेसिन’ अभाव, ३ हजार कन्टेनर थन्किए