टेलिकम बन्यो २ खर्ब पूँजीकरण हुने पहिलो कम्पनी

काठमाडौं । नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) नेपाली सेयर बजारमा २ खर्ब बजार पूँजीकरण हुने पहिलो कम्पनी बनेको छ ।

 

आइतबार कम्पनीको सेयर मूल्य ७.६० प्रतिशतले बढेर टेलिकमको पूँजीकरण एकैदिन साढे १४ अर्ब बढेसँगै  पूँजीकरण २ खर्ब नाघेको हो ।नेप्सेमा सूचीकृत कम्पनीमध्ये २ खर्ब पूँजीकरण हुने टेलिकम पहिलो कम्पनी हो ।

 

आइतबार टेलिकमको सेयर मूल्य प्रतिकित्ता ९६ रुपैयाँले बढेर १३५९ रुपैयाँ पुगेको छ । नेप्सेमा कुल १५ करोड कित्ता सेयर सूचीकृत भएको कम्पनीको बजार पूँजीकरण २ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।

 

नेप्सेमा २२५ भन्दा बढी कम्पनी सूचीकृत भए पनि बजार पूँजीकरण अर्ब बढी हुने कम्पनी जम्मा ६ वटा मात्र छन् । टेलिकमसहित नबिल बैंक, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको पूँजीकरण १ खर्ब रुपैयाँ बढी छ ।

स्मार्ट सिटीको डीपीआर क्याबिनेट नपुगी मन्त्रालयबाटै फिर्ता Read Previous

स्मार्ट सिटीको डीपीआर क्याबिनेट नपुगी मन्त्रालयबाटै फिर्ता

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति Read Next

स्वाभिमान लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति