सिंगटी हाइड्रोको आइपीओ खुल्यो, २ लाख कित्तासम्म भर्न पाइने

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।

 

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

यो आइपीओमा स्थानीयले माघ १८ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अ‍ैसतभन्दा कमजोर रहेको जनाउछ ।

 

कम्पनीको सेयर विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

 

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

 

लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।

भारतले पाम आयल निर्यातमा प्रतिबन्ध लगाउँदा ९० प्रतिशत उद्योग धराशायी हुँदै Read Previous

भारतले पाम आयल निर्यातमा प्रतिबन्ध लगाउँदा ९० प्रतिशत उद्योग धराशायी हुँदै

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन Read Next

नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन