मालपोतका कर्मचारीको बदमासी, जग्गाधनीलाई थाहै नदिइ ४ कठ्ठा जग्गा विक्री

कर्णाली । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।

 

मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये ४ कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा विक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

 

उनीहरुमाथि ४ कठ्ठा जग्गा कित्ताकाट गरी फरकफरक व्यक्तिलाई बेचेको आरोप लागेको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले प्रारम्भिक अनुसन्धान शुरु भइसकेको बताउँदै भने, ‘पीडितको जाहेरी आउन बाँकी छ, जाहेरी आइसकेपछि विस्तृत अनुसन्धान शुरु हुन्छ ।’ प्रहरी निरीक्षक शाहीले अर्का आरोपी ठाकुर फरार भएको र उनको खोजी भइरहेको जानकारी दिए।

देशकै ठूलो भ्यू टावर बनिरहेको प्रधानमन्त्रीको जिल्लामा फेरि अर्को ११ तले टावर बन्दै Read Previous

देशकै ठूलो भ्यू टावर बनिरहेको प्रधानमन्त्रीको जिल्लामा फेरि अर्को ११ तले टावर बन्दै

विदेशबाट फर्किएका युवा कृषिमा आकर्षित हुँदै, कृषि कर्जा लिने १२ प्रतिशतले बढे Read Next

विदेशबाट फर्किएका युवा कृषिमा आकर्षित हुँदै, कृषि कर्जा लिने १२ प्रतिशतले बढे