चन्द्रागिरीको आइपीओ भर्नेले केबलकार टिकटमा १७५ रुपैयाँ छुट पाउने

काठमाडौं । चन्द्रागिरि हिल्सको प्राथमिक साधरण सेयर (आइपीओ) भर्नेले केबलकार टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

 

कम्पनीको बुधबार सम्पन्न ११ औं वार्षिक साधरण सभाले यस्तो निर्णय गरेको हो । हिल्सले हालै स्थानीय वासी तथा सर्वसाधरणका लागि जारी गरेको आइपीओमा आवेदन दिने सबैलाई केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने भएको हो ।

 

हाल चन्द्रागिरी केबलकारको दुईतर्फि टिकटको मूल्य ७०० रुपैयाँ रहेको छ । आइपीओ भर्ने सबैले यसमा २५ प्रतिशत अर्थात् १७५ रुपैयाँ छुट पाउनेछन् ।

 

कम्पनीले पुस २४ गतेदेखि सर्वसाधरणका लागि १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारी गरेको थियो । त्यस्तै, पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ३ करोड ६८ लाख १ हजार ९०० रुपैयाँ बराबरको ३ लाख ६ हजार ८१९ कित्ता आइपीओमा जारी गरेको थियो ।

 

कम्पनीको दुई चरणमा जारी गरेको आइपीओमा आवेदन दिएका १२ लाख ५६ हजार ७४६ जनाले छुट पाउने हिल्सले जनाएको छ । केबलकारको टिकटमा छुट पाउन सर्वसाधरणले आइपीओ भरेको प्रमाण टिकट काउन्टरमा देखाउनु पर्नेछ ।

 

यो योजना यही माघ ५ गतेदेखि १ वर्ष सम्मको लागि लागू हुने हिल्सले जनाएको छ ।

 

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा हिल्सले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

चीनसँगको व्यापार घाटा घटाउने ट्रम्पको नीति असफल, चीनको व्यापार ३ खर्ब १७ अर्ब डलरले वृद्धि Read Previous

चीनसँगको व्यापार घाटा घटाउने ट्रम्पको नीति असफल, चीनको व्यापार ३ खर्ब १७ अर्ब डलरले वृद्धि

इतिहासकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ? Read Next

इतिहासकै ठूलो आइपीओ खुल्यो, कति कित्ता भर्नु उपयुक्त ?