मिर्मिरे लघुवित्तको लाभांश संशोधन, बोनस र नगद दुवै घट्यो

काठमाडौं । मिर्मिले लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन भएको छ ।

 

नेपाल राष्ट्र बैंकले कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गर्न निर्देशन दिएसँगै लघुवित्तले संशोधन गरेको हो ।

 

संशोधित लाभांश अनुसार लघुवित्तले सेयरधनीलाई ९.२० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४८ प्रतिशत गरी कुल ९.६८२९ प्रतिशत लाभांश दिने भएको छ ।

 

कम्पनीले यसअघि १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत गरी कुल १२.६३० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

भारतमा कति पर्छ कोरोनाको खोपको मूल्य ? Read Previous

भारतमा कति पर्छ कोरोनाको खोपको मूल्य ?

बेमौसमी चुनावमा अर्बौं खर्चिन तम्सेको सरकार कोरोना खोप किन्न चन्दा माग्नु पर्ने अवस्थामै पुगेको हो ? Read Next

बेमौसमी चुनावमा अर्बौं खर्चिन तम्सेको सरकार कोरोना खोप किन्न चन्दा माग्नु पर्ने अवस्थामै पुगेको हो ?