प्रभु बैंकका २ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । पछिल्लो समय शाखा सञ्जाल विस्तारमा आक्रमक बन्दै गएको प्रभु बैंक लिमिटेडले दुई वटा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले डोल्पाको शे–फोकसुण्डो गाउँपालिका र तनहुँको बन्दीपूर गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ ।

 

बैंकको शे–फोकसुण्डो शाखा कार्यालयको गाउँपालिकाका अध्यक्ष टसि तुण्डुप गुरुङ्गले एक समारोहकाबीच समुद्घाटन गरेका हुन् । यस्तै डुम्रे शाखा कार्यालयको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आज एक् समारोहबीच समुद्घाट्न गरेका हुन् ।

 

यातायात, सञ्चार तथा विद्यूत आपुर्तिे अभाव रहेको शे–फोकसुण्डोमा बैंकले आफ्नो अग्रसरतामा सौर्य उर्जाबाट भि–स्याट प्रविधिको प्रयोग गर्दै दूर्गम क्षेत्रका बासिन्दाहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराएको छ ।

 

यसबाट करिब ४,२०० मिटरको उचाईमा रहेको शे–फोकसुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणले बैंकको अत्याधुनिक प्रविधी सहितको गुणस्तरीय बैंकिङ्ग सुविधा उपभोग गर्न पाउने अवसर पाएका छन् ।

 

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन Read Previous

ज्येष्ठ नागरिकलाई भत्ता दिँदै सामुदायिक वन

तिनकुने नेटवर्क आर्क ब्रिज निर्माण अलपत्र, पप्पु कन्सट्रक्सनको म्याद थप अन्योलमा Read Next

तिनकुने नेटवर्क आर्क ब्रिज निर्माण अलपत्र, पप्पु कन्सट्रक्सनको म्याद थप अन्योलमा