सिभिल बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १.८५ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा ६.५७ प्रतिशत बोनस सेयर लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

चन्द्रागिरी हिल्सको आइपीओमा १५ गुणा बढी आवेदन, अहिलेसम्म कतिले भरे ? Read Previous

चन्द्रागिरी हिल्सको आइपीओमा १५ गुणा बढी आवेदन, अहिलेसम्म कतिले भरे ?

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ? Read Next

चन्द्रागिरी हिल्सको आइपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कतिले भरे ?