पुनर्कर्जाका लागि राष्ट्र बैंकले माग्यो आवेदन, यस्ता लघुवित्त मात्र आवेदन दिन योग्य
चाणक्य पोष्ट
प्रकाशित : 2:19 pm, सोमबार, पुस २७, २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा लिन लघुवित्त संस्थाहरुबाट आवेदन माग गरेको छ । राष्ट्र बैंकले एकसूचना जारी गर्दै एकमुष्ट रुपमा प्रदान हुने पुनर्कर्जा लिन आवश्यक शर्त पूरा गरी आवेदन दिन आग्रह गरेको छ ।

 

तोकेको शर्त पूरा गर्ने लघुवित्तले आज (पुस २७ गते)देखि माघ १२ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

 

पुनर्कर्जा पाउन राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई आधादर्जन शर्त तोकेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो त्रैमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशत भएको, पूँजीकोष अघिल्लो त्रैमासमा राष्ट्र बैंकले तोके बमोजिम हुनु पर्ने, पूँजी योजना अनुसार चुक्ता पूँजी पुगेको, विगत ३ वर्षदेखी संस्थाका कार्यकारी तथा संचालकहरुलाई कुनै प्रकारको कारबाहीमा नपरेका लघुवित्तले आवेदन दिन पाउनेछन् ।

 

यसैगरी, कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको, पछिल्लो १ वर्षमा कारबाहीमा नपरेको, पुनर्कर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुनेगरी ब्याजदरमा समायोजन गर्ने लघुवित्तले मात्र पुनकर्जाका लागि आवेदन दिन पाउँछन् ।

 

 

Advertisement Section