आरटीजीएस प्रणालीमा थप १० वित्तीय संस्था आबद्ध

काठमाडौं। नेपाल राष्ट्र बैंकको रियल टाइम भुक्तानी प्रणाली (आरटीजीएस) प्रणालीमा थप १० वटा वित्तीय संस्था आबद्ध भएका छन् ।

 

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै उक्त प्रणालीमा ८ विकास बैंक र दुई फाइनान्स कम्पनी थपिएको जानकारी गराएको छ ।

 

राष्ट्र बैंकका अनुसार ‘ख’ वर्गका ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा बैंक र गरिमा विकास बैंक रहेका छन्। यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्।

 

यसैगरी, ‘ग’ वर्गका आइसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स पनि यस प्रणालीमा आबद्ध भएको राष्ट्र बैंकले जनाएको छ।

 

यससँगै आरटीजीएस प्रणालीमा आबद्ध हुने बैंक तथा वित्तीय संस्थाको संख्या ३७ पुगेको छ । यसअघि ‘क’ वर्गका २७ वटा वाणिज्य बैंक यस प्रणालीमा आबद्ध थिए।

 

राष्ट्र बैंकले २०७६ भदौ २६ गतेदेखि औपचारिक रुपमा यो प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।

 

यो प्रणाली मार्फत चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ। यस प्रणालीबाट भुक्तानी गर्दा चेक क्लियरिङ गरिरहनु पर्दैन।

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा Read Previous

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

‘टेस्लाको सेयर अझै ३ गुणा बढ्नेछ, एलन मस्क विश्वकै पहिलो ट्रिलेनियर बन्नेछन्’ Read Next

‘टेस्लाको सेयर अझै ३ गुणा बढ्नेछ, एलन मस्क विश्वकै पहिलो ट्रिलेनियर बन्नेछन्’