शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।

 

नेपाल राष्ट्र बैंकले पुस २५ गते शनिबार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

 

त्यस्तै, राष्ट्र बैंकले चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिबार समेत खुला राख्न भनेको छ ।

 

राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटीजीएस प्रणाली समेत संचालन हुने जनाएको छ ।

करोडमा सेयर हात पारेर अर्बमा कर छल्दै एनसेलका नेपाली साझेदार Read Previous

करोडमा सेयर हात पारेर अर्बमा कर छल्दै एनसेलका नेपाली साझेदार

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा Read Next

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा