फरवार्ड माइक्रोफाइनान्सको बम्पर लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

लघुवित्त सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ६.५८ प्रतिशत नगद गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १३.४२ प्रतिशत कम हो । लघुवित्तले अघिल्लो आवमा ३२.५० प्रतिशत बोनस र १२.५० प्रतिशत नगद गरी कुल ४५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

अघोषित लोडसेडिङ हुँदा जेनेरेटरको आयात ३५९ प्रतिशतले बढ्यो Read Previous

अघोषित लोडसेडिङ हुँदा जेनेरेटरको आयात ३५९ प्रतिशतले बढ्यो

पर्यटकको चहलपहल बढेसँगै सञ्चालनमा आउन थाले रसुवाका होटल Read Next

पर्यटकको चहलपहल बढेसँगै सञ्चालनमा आउन थाले रसुवाका होटल