सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी ५ कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । पछिल्ला दुई दिन लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले बढेर लयमा फर्किएको हो ।

 

सूचकमा सूधार आए पनि कारोबार रहम भने बढ्न सकेन् । मंगलबारको तुलनामा आज कारोबार रकम १४ करोड बढीले गिरावट आएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०५ कम्पनीको ४ अर्ब ४२ करोड ५४ लाख ७४ हजार ३३९ रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार र हाइड्रोपावर बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १२२.६६ अंकले बढेको छ भने व्यापार समूह २०.९९ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०५ कम्पनीमध्ये १३० कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै २१ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।कारोबार रकमकै आधार शिखर इन्स्योरेन्स २० करोड र नेपाल पुनर्बीमा कम्पनी १७ करोडसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

बढ्दो बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । कालिका माइक्रोफाइनान्स, जनउत्थान लघुवित्त, स्वाभिमान लघुवित्त, नारायणी विकास बैंक र प्रभु लाइफ इन्स्योरेन्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले बढेको बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमाटर सेयरधनीले सबैभन्दा धेरै ८.५५ प्रतिशत गुमाएका छन् ।

चिनी मिलले पैसा नदिँदा उखुखेतीबाटै पलायन हुँदै किसान Read Previous

चिनी मिलले पैसा नदिँदा उखुखेतीबाटै पलायन हुँदै किसान

सिनर्जी पावरले २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलविद्युतमा लगानी गर्ने Read Next

सिनर्जी पावरले २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलविद्युतमा लगानी गर्ने