२ करोड ३९ लाख नेपालीको पहुँचमा इन्टरनेट, ६० प्रतिशत डाटा प्रयोकर्ताको टेलिकमका

काठमाडौं  । नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड ३९ लाख २१ हजार १८० जना पुगेको छ। जसमा पौने दुई करोड मानिसले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक महिनासम्मको म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (एमआइएस) रिपोर्टको अनुसार नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ७५ लाख ७५ हजार ४१९ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।

 

प्राधिकरणको तथ्यांक अनुसार तारको मद्दतमा ब्रोडव्याण्ड चलाउने ६१ लाख १९ हजार ९९ जना रहेका छन् । त्यस्तै तार बिना ब्रोडव्याण्ड प्रयोग गर्ने मानिसको संख्या २ लाख २६ हजार ६६२ जना रहेको छ ।

 

नेपाल टेलिकमको इनटरनेट प्रयोगकर्ता ६० प्रतिशत

 

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने मानिसको कुल संख्याको ६० प्रतिशतले नेपाल टेलिकमको इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

 

टेलिकमको मोबाइल इन्टरनेट प्रयोग कर्ताको संख्या १ करोड ६ लाख १९ हजार १४३ जना रहेको छन् । जसमध्ये फोरजी प्रयोगकर्ताको संख्या २० लाख १९ हजार ९१६ जना छ भने थ्रिजी प्रयोगकर्ताको संख्या ८४ लाख ३२ हजार ६५४ जना छ ।

 

एनसेलर स्मार्टसेल

 

एनसेलको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ६७ लाख ५६ हजार ५१५ जना रहेको छ । जसमा ४० लाख ८२ हजार ५१७ जनाले फोरजी प्रयोग गर्छन् भने २६ लाख ७३ हजार ९९८ जनाले थ्रिजी प्रयोग गर्छन् ।

 

यस्तै, स्मार्ट सेलको मोबाइलबाट इन्टरनेट चलाउने मानिसको संख्या १ लाख ९९ हजार ७ सयउ ६१ जना रहेको छ । यी सबै मानिसले फोरजी प्रयोग गर्छन् ।

 

एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्रै छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि प्रदान गर्दै आएको छ ।

बैंकको किस्ता तिर्ने र कर विवरण बुझाउने म्याद ३ महिना थप गर्न महासङ्घको आग्रह Read Previous

बैंकको किस्ता तिर्ने र कर विवरण बुझाउने म्याद ३ महिना थप गर्न महासङ्घको आग्रह

उपत्यकाका ३ ठाउँमा 'फ्लाइओभर' बनाउन अध्ययन अघि बढाइँदै Read Next

उपत्यकाका ३ ठाउँमा 'फ्लाइओभर' बनाउन अध्ययन अघि बढाइँदै