सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड, यी कम्पनीका लगानीकर्ता भए मालामाला

काठमाडौं । पछिल्लो समय निरन्तर नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ ।

 

गत विहीबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै इतिकासकै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

 

बजार खुलेदेखि नै उकालो लागेको बजारले २१७५ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २१०० विन्दु पार गरेको यो पहिलो पटक हो । यसअघि बिहीबार नेप्से इतिहासकै उच्च २०८७ विन्दुमा पुगेको थियो ।

 

आज सेयर बजार मापक सूचक नेप्से ८८.१२ अंकले बढेर २१७५.४० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५५०.९६ अंकले बढेको छ ।

 

कारोबारमा आएका २१२ कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३० कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ता नेपाल लाइफ र प्राइम कमर्शियल बैंकको सेयर झुम्मिएका छन् । यी दुवै कम्पनीको सर्वाधिक समान ५०/५० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

 

उच्च अंकले बढेको बजारमा आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन डिस्ट्रीलरी, साल्ट ट्रेडिङ, नेपाल पनर्बीमा र प्राइम कमर्शियल बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज राधि हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ४.२९ प्रतिशत गुमाएका छन् ।

बिट क्वाइनको मूल्य इतिहासकै उच्च, एकैदिन ८ प्रतिशतले बढेर ३४ हजार डलर पुग्यो Read Previous

बिट क्वाइनको मूल्य इतिहासकै उच्च, एकैदिन ८ प्रतिशतले बढेर ३४ हजार डलर पुग्यो

एउटै गाउँपालिकामा १५ लघुजलविद्युत् आयोजना Read Next

एउटै गाउँपालिकामा १५ लघुजलविद्युत् आयोजना