एडिबीसँग साढे २१ अर्ब ऋण लिएर आबुखैरेनी–पोखरा सडक चार लेनको बनाइँदै

सांकेतिक तस्बिर ।

काठमाडौं । सरकराले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गतको आबुखैरेनी–पोखरा सडकखण्डको  स्तरोन्नतीका लागि एशियाली विकास बैंक (एडिबी) सँग ऋण लिने भएको छ ।

 

साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले एडिबीबाट राजमार्ग स्तरोन्नतीका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय गरेको छ ।

 

आइतबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय सार्वजनिक गरेका हुन् ।

 

सरकारले उक्त ऋणबाट आबुखैरेनी देखि पोखरासम्मको ९० किलोमिटर दुई लेनको सडक स्तरोन्नती गरि चार लेनको बनाउने तयारी गरेको हो ।

एक वर्षमा ७० उद्योग खारेज Read Previous

एक वर्षमा ७० उद्योग खारेज

नव उद्यमीदेखि व्यापारीक घरानाले खोलेका मोबाइल वालेट र त्यसको भविष्य Read Next

नव उद्यमीदेखि व्यापारीक घरानाले खोलेका मोबाइल वालेट र त्यसको भविष्य