साढे १७ हजारले पाए कोरोना बीमाको रकम, १ अर्ब ६९ करोड भुक्तानी

काठमाडौं । पछिल्लो समय कोरोना बीमा भुक्तानी पाउनेको संख्या बढेको छ । भुक्तानीका लागि आवेदन दिए पनि बीमा कम्पनीहरुले त्यसमा वेवास्ता गरेको आरोप लागिरहेका बेला पछिल्लो समय बीमा कम्पनीहरुले धमाधम भुक्तानी गरेको देखिएको छ ।

 

बीमा समितिका अनुसार मंगलबारसम्म ३२ हजार ७८८ जनाले भुक्तानी दाबी गरेकोमा १७ हजार ३९४ जनाले भुक्तानी पाएका छन् ।

 

त्यस बापत हालसम्म १ अर्ब ६९ करोड ४९ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ । अर्थ मन्त्रालयले पनि पटक–पटक ताकेका गरे पनि कागजात प्रमाणीकरण लगायत काराण बीमा दाबी भुक्तानीमा ढिलाइ हुँदै आएको छ ।

 

२ हजार २७७ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पूरा गरेर पुनः पेश गर्न भनिएको छ ।

 

बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले ढिला भएको भन्दै सबै कागजात पेस गर्न अनुरोध गरेको छ । दोहोरो बीमा दावी गर्ने ९२ जनाको फाइल बीमा दावी भुक्तानी नपाउने गरी फाइल क्लोज गरिएको छ ।

 

उनीहरुले दावी भुक्तानीको लागि एउटा कम्पनीबाट कागजात पेश गरिसकेको अवस्थामा पुनः दोस्रो पटक पनि दाबी भुक्तानीको लागि कागजात पेश गरेकोले दाबी भुक्तानी नदिने निर्णय गरिएको बीमा समितिले जनाएको छ ।

 

बीमालेख खरिद गरेका बीमितहरुले दाबी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड, २०७७ ले तोकेका सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा निवेदन दिनुपर्ने छ ।

 

सम्बन्धित कम्पनीले सबै कागजात पूरा भएरनभएको एकिन गरी कागजात पूरा भएका फाइलको भुक्तानीका लागि बीमा पुल व्यवस्थापक कम्पनीमा पठाउनु पर्नेमा केही फाइलमा कागजात पूरा नभएकोले बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको समितितको भनाइ छ।

 

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा सबै कागजात हेरी रुजु गरेर मात्र पठाउन निर्देशनसमेत दिएको छ।

निर्माण सामग्री अभावमा देशभरका सडक निर्माण अवरुद्ध Read Previous

निर्माण सामग्री अभावमा देशभरका सडक निर्माण अवरुद्ध

सरकारी जग्गा धितोमा ऋण दिने वाणिज्य बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर Read Next

सरकारी जग्गा धितोमा ऋण दिने वाणिज्य बैंकका ८ कर्मचारी विरुद्ध मुद्दा दायर