सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ह्वात्तै घट्यो

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । पछिल्ला तीन दिनमै करिब १३५ अंकले बढेको बजारमा आज करिब ३० अंकको गिरावट आएको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । बुधबारको तुलनामा आज कारोबार रकम करिब डेढ अर्बले घटेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २९.८३ अंकले घटेर २०३८.६३ बिन्दुमा आइपुगेको छ । साताको अन्तिम कारोबार दिन बिहीकार २०४ कम्पनीको ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँ बराबरको ९८ लाख ६० हजार ५३६ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १२ वटा समूहमध्ये होटल र व्यापार बाहेक अन्य सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूहको परिसूचक सबैभन्दा धेरै ९३.४ अंकले बढेको छ भने जीवन बीमा समूहको सबैभन्दा धेरै ४३१.८७ अंकले घटेको छ ।

 

कारोबारमा आएका २०४ कम्पनीमध्ये जम्मा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा नबिल बैंक परेको छ । गत आवको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको बैंकको सेयरप्रति लगानीकर्ता आकर्षित भएका हुन् । आज यसको सबैभन्दा धेरै ६१ करोड ४९ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

 

कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ५९ करोड र एनआइसी एशिया बैंक ३२ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

दोहोरो अंकको गिरावट आएको बजारमा आज सोल्टी होटलको सेयर मूल्य सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको सबैभन्दा धेरै ८.११ प्रतिशतले घटेको छ ।

कुखुरापालक कृषक लाभान्वित हुँदै, बढ्न थाल्यो कुखुरा र अण्डाको भाउ Read Previous

कुखुरापालक कृषक लाभान्वित हुँदै, बढ्न थाल्यो कुखुरा र अण्डाको भाउ

टोलै थर्काउने गरी बाइक चलाउने विरुद्ध कडा एक्शन, बाटोमा देखे १०३ मा खबर गर्न आग्रह Read Next

टोलै थर्काउने गरी बाइक चलाउने विरुद्ध कडा एक्शन, बाटोमा देखे १०३ मा खबर गर्न आग्रह