एचआइडीसीएलले सेयरधनीलाई लाभांश नदिने, पुस २९ गते बोलायो साधरण सभा

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

 

कम्पनीले लाभांश बिनै पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले साधरण सभामा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफनोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गर्ने लगायत एजेन्डा तय गरेको छ ।

 

सभाबाट सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन पनि हुनेछ । कम्पनीले साधारण सभा प्रयोजनाका लागि पुस १७ गते बुक क्लोज मिति तोकेको छ । त्यसअनुसार पुस १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागीता हुन पाउनेछन् ।

 

कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया पनि अघि बढाइसकेको छ । हाल ११ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको १ः१ अनुपात हकप्रद जारी गरेपछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

मेलम्चीको दोस्रो चरणको काम अघि बढ्दै, याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने Read Previous

मेलम्चीको दोस्रो चरणको काम अघि बढ्दै, याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने

पर्वतमा १५ हजार रोपनी सरकारी जग्गा अतिक्रमण Read Next

पर्वतमा १५ हजार रोपनी सरकारी जग्गा अतिक्रमण