पुनर्बीमा कम्पनीलाई उछिन्दै नबिल बैंक बन्यो सेयर बजारको दोस्रो ठूलो कम्पनी

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई उछिन्दै नबिल बैंक बजार पूँजीकरणका आधारमा नेपाली सेयर बजारको दोस्रो ठूलो कम्पनी बनेको छ ।

 

गत आर्थिक वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको बैंकको पछिल्ला दुईदिन लगातार १० प्रतिशतले सेयर भाउ बढेसँगै पुनर्बीमालाई पछि पार्दै  नबिल दोस्रो ठूलो कम्पनी बनेको हो ।

 

पछिल्ला दुई दिनमै नबिल बैंकको बजार पूँजीकरण करिब २५ अर्बले बढेर १ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरु मध्ये बजार पूँजीकरणका आधारमा यो दोस्रो ठूलो हो ।पुनर्बीमाको भन्दा नबिलको बजार पूँजीकरण १० अर्ब रुपैयाँ बढी छ ।

 

पछिल्ला दिनमा निरन्तर सेयर मूल्य घटेपटि पुनर्बीमा कम्पनी भने तेस्रो स्थानमा पुगेको छ । यसको बजार पूँजीकरण १ खर्ब ४० अर्ब रुपैयाँ रहेको छ ।

 

पूँजीकरणका आधारमा नेपाल टेलिकम सेयर बजारको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको छ । हाल यसको बजार पूँजीकरण १ खर्ब ७० अर्ब रुपैयाँ रहेको छ ।

कोरोना प्रभावितलाई ऋण दिन सरकारले जुटायो साढे १५ अर्ब Read Previous

कोरोना प्रभावितलाई ऋण दिन सरकारले जुटायो साढे १५ अर्ब

गोदावरीमा ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७५ प्रतिशत काम सम्पन्न Read Next

गोदावरीमा ३ हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र धमाधम बन्दै, ७५ प्रतिशत काम सम्पन्न