नागढुंगामा मेशिनले सुरुङ खन्न शुरू

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणका क्रममा मेशिनले सुरुङ खन्न आज (मंगलबाटर) बाट शुरू भएको छ ।

 

आयोजनाको काम गत कात्तिकदेखि शुरू भए पनि आजदेखि मेशिन प्रयोग गरेर सुरुङ खन्न थालिएको हो

 

माटो खनिसकेपछि ढुंगा भएका स्थानमा फेरि ड्रिलद्धारा खन्दै जाने आयोजना म्यानेजर नरेशमान शाक्यले बताए । उनले १४/१५ मिटरमा माटो मात्र हुने भएकाले सजिलै खन्न सकिने बताए ।

 

‘आज भख्खर बाट जमिनमा सुरुङ खन्न थालेका छौँ, दैनिक १४/१५ मिटर खन्न सकिन्छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

नागढुंगा सुरुङ मार्ग निर्माणका लागि आवश्यक पर्ने स्टिल पोर्टल फ्रेम समेत आइसकेको छ । यस अघि सुरूङ निर्माणका लागि पूर्वतयारीको काम भइरहेको छथियो ।

 

जमिन कम्जोर रहेका स्थानमा स्टिल पोर्ट राखेर सुरुङ खन्ने काम गरिनेछ ।

नबिल बैंकको लाभांशमा लोभिए लगानीकर्ता, किन्नेको ओइरो लाग्दा १ कित्ता पनि बेच्ने छैनन् Read Previous

नबिल बैंकको लाभांशमा लोभिए लगानीकर्ता, किन्नेको ओइरो लाग्दा १ कित्ता पनि बेच्ने छैनन्

सेयर बजारमा तीव्र उछाल, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारमा तीव्र उछाल, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल