शाइन रेसुंगाको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधरण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छ ।

 

हाल ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

हवाई यात्रुको संख्या ह्वात्तै घट्यो Read Previous

हवाई यात्रुको संख्या ह्वात्तै घट्यो

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाखमा मध्यावधि चुनाव घोषणा Read Next

राष्ट्रपतिद्वारा संसद विघटन, वैशाखमा मध्यावधि चुनाव घोषणा