काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्।आइतबार विहान बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्।
आज विहान मन्त्रिपरिषदको बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली संसद विघटनको सिफारिस लिएर आफै राष्ट्रपति कार्यालयमा गएका थिए ।
प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गर्दै संसद विघटन गरेका हुन् । संविधानको धारा ८५ को १ मा यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’भन्ने उल्लेख छ ।
संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।
वैशाखमा मध्यावधि चुनावको घोषणा
प्रतिनिधि सभाको विघटन गरेसँगै २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल बैशाख २७ गते सोमबार दोश्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएको हो।
संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मान्यताको आधारमा ताजा जनादेशमा जान मन्त्रिपरिषद्बाट सिफारिस भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
