सेञ्चुरी कमर्शियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं ।सेञ्चुरी कमर्शियल बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५.२५ प्रतिशत बोनस र कर प्रयोजनसहित २.२५ प्रतिशत नगद गरी कुल ७.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा ०.७५ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ४.७५ प्रतिशत बोनस र २ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत लाभांश दिएको थियो ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नागढुंगा-नौबिसे सुरुङमार्ग पुस दोस्रो सातादेखि खन्न शुरू गरिने Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्ग पुस दोस्रो सातादेखि खन्न शुरू गरिने

९ महिनापछि काठमाडौं-दिल्ली उडान हुँदै, टिकट बुकिङ खुला Read Next

९ महिनापछि काठमाडौं-दिल्ली उडान हुँदै, टिकट बुकिङ खुला