कृषि विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद गरी कुल १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को भन्दा १४.२२ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

 

यस्तै, बैंकले सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

नयाँ सवारी लाइसेन्स अझै २ महिना नखुल्ने, यस्तो छ कारण Read Previous

नयाँ सवारी लाइसेन्स अझै २ महिना नखुल्ने, यस्तो छ कारण

नागढुंगा-नौबिसे सुरुङमार्ग पुस दोस्रो सातादेखि खन्न शुरू गरिने Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग पुस दोस्रो सातादेखि खन्न शुरू गरिने