काठमाडौं । डिशहोमले ‘डिशहोममा डिलर दाइको डिस्काउण्ट’ नामक योजना अन्तर्गत लाइभ लक्की ड्र मार्फत भाग्यशाली २ जना विजेता छनोट भएका छन् ।
डिशहोमले मंसिर १२ गतेदेखि १८ गतेसम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लाइभ लक्की ड्र सम्पन्न गरेको हो ।
सो योजना अन्तर्गत मंसिर १९ गते भएको लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको CAS ID No. 02519294691, 71910810762 विजेता बन्न सफल भएका छन् ।
उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ । मंसिर १९ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १०० र रमाइलो टीभी मार्फत लाइभ लक्की ड्र प्रसारण गरिएको थियो ।
अब आगामी लक्की ड्र मंसिर २६ गते शुक्रबार साँझ डिशहोमका सोकेस च्यानल नम्बर १०० र रमाइलो टीभीमा प्रसारण हनुे कम्पनीले जानकारी दिएको छ ।