कोरोनाको खोप धनी राष्ट्रहरूको कब्जामा, गरिब देशले खोप पाउनै मुश्किल

धनी राष्ट्रहरूले कोभिड खोपको धेरै मात्रा सञ्चय गर्दा गरिब मुलुकहरूमा बस्ने मानिसहरूले खोप नपाउने अवस्था आउने अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ।

 

‘द पीपल्स भ्याक्सिन अलाइअन्स’ले करिब ७० वटा न्यून आय भएका मुलुकमा १० जनामा एकजनाले मात्र खोप पाउन सक्ने अवस्था रहेको बताएको छ।

 

क्यानडाले हरेक नागरिकलाई ५ पटकसम्म लगाउन पुग्ने गरी खोप अर्डर गरेको दाबी गरेको छ। धनी देशले सम्पूर्ण जनसङ्ख्याको १४ प्रतिशत ओगट्छन् तर अहिलेसम्म बन्ने भनेका खोपको ५३ प्रतिशत उनीहरूले किनिसकेका छन्।

 

अक्सफर्ड–एस्ट्राजेनेकाले उसको उत्पादनको ६४ प्रतिशत खोप विकासशील मुलुकलाई दिने भनेपछि पनि त्यस्तो अवस्था रहेको अभियानकर्ताहरूको भनाइ छ।

 

विश्वभर खोपमाथिको पहुँच न्यायपूर्ण बनोस् भनेर काम भइरहेको बताइन्छ।गरिब मुलुकहरूमा समेत खोप पुगोस् भनेर काम गर्ने संस्था कोभ्याक्सले खोप भित्र्याउन खोजिरहेका ९२ वटा न्यून आय भएका मुलुकमा बाँड्न ७० करोड खोपको मात्रा आफूसँग रहेको बताएको छ।

 

त्यस्तो अवस्था हुँदा हुँदै गठबन्धनमा रहेका एमनेष्टी इन्टरन्याशनल, अक्सफ्याम, ग्लोबल जस्टीस नाउ लगायतका संस्थाले खोप पर्याप्त नभएको भन्दै औषधी कम्पनीहरूले धेरै मात्रा उत्पादन गर्न प्रविधि हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

 

उनीहरूको विश्लेषणमा धनी देशहरूले आफ्ना सम्पूर्ण जनसङ्ख्यालाई तीन पटक भन्दा बढी खोप दिन मिल्ने गरी खोपको मात्रा किनिसकेका छन्।

 

पाँचपटक लगाउन पुग्ने गरी खोप अर्डर

 

उदाहरणका लागि क्यानडाले हरेक नागरिकलाई ५ पटकसम्म लगाउन पुग्ने गरी खोप अर्डर गरेको दाबी गरेको छ। धनी देशले सम्पूर्ण जनसङ्ख्याको १४ प्रतिशत ओगट्छन् तर अहिलेसम्म बन्ने भनेका खोपको ५३ प्रतिशत उनीहरूले किनिसकेका छन्।

 

अक्सफ्यामकी स्वास्थ्य नीति व्यवस्थापक आना म्यारिओटले भनिनन् ‘जीवन रक्षा गर्ने खोप कुनै मुलुकमा जन्मेकै कारण वा खल्तीमा कम पैसा भएका कारण लिनबाट कसैलाई पनि बञ्चित पारिन हुँदैन।’

 

‘तर केही कुरा नाटकीय रूपमा परिवर्तन नभएसम्म संसारभर रहेका अर्बौँ मानिसले कैयौँ वर्षसम्म कोभिड–१९को खोप लगाउन पाउने छैनन्।’

 

द पीपल्स भ्याक्सिन अलाइअन्सले सबै औषधी उत्पादनकर्ताहरूलाई उनीहरूको प्रविधि र स्वामित्व अधिकार हस्तान्तरण गर्न आग्रह गरेका छन्। त्यसो भयो भने मात्र जसलाई चाहिन्छ उसले पाउने गरी खोप उत्पादन गर्न सकिने उनीहरूको भनाइ छ।

 

त्यो विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) मार्फत् गर्न सकिने उनीहरूले बताएका छन्।अक्सफर्ड विश्वविद्यालयले बनाएको खोप उत्पादन गरिरहेको एस्ट्राजेनेकाले गैर नाफामूलक तरिकाले विकासशील मुलुकलाई आफ्नो खोप उपलब्ध गराउने बताएको छ।

 

यो अन्य खोप भन्दा सस्तो छ र सामान्य फ्रिजको तापक्रममा भण्डारण गर्न सकिन्छ त्यसैले संसारभर वितरण गर्न सहज हुने बताइएको छ।तर अभियानकर्ताहरूले एउटा मात्र कम्पनीले सारा संसारका लागि आवश्यक खोप उत्पादन गर्न नसक्ने तर्क गरेका छन्।

 

फाइजर बायोएनटेक खोपले यूकेमा अनुमति पाइसकेको छ र सबभन्दा जोखिममा रहेकाहरूलाई यसै सातादेखि खोप दिन सुरु गरिएको छ। अमेरिका र यूरोपका अन्य मुलुकमा पनि यसले छिटै अनुमति पाउने सम्भावना छ। त्यसैले गरिब राष्ट्रमा पुग्न समय लाग्ने देखिन्छ।

 

मोडेर्ना र अक्सफर्ड-एस्ट्राजेनेकाले केही मुलुकहरूमा नियामकहरूबाट अनुमति कुरिरहेका छन्। रुसी खोप स्पुटनिकले पनि परीक्षण परिणाम सकारात्मक आएको बताएको छ।

 

त्यसैगरी चारवटा अन्य खोप पनि क्लिनिकल परीक्षणको अन्तिम चरणमा रहेको बताएइको छ।बीबीसी

नेरुडे लघुवित्तको प्रमोटर सेयर ३०० रुपैयाँमै किन्ने अवसर Read Previous

नेरुडे लघुवित्तको प्रमोटर सेयर ३०० रुपैयाँमै किन्ने अवसर

रासायनिक मल हाहाकार हुँदा अर्गानिक मलले भने बजार नै पाएन Read Next

रासायनिक मल हाहाकार हुँदा अर्गानिक मलले भने बजार नै पाएन