मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना छुट हुने

काठमाडौं । मंसिर मसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना छुट हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको छ ।

 

यसअघि कोभिड १९ का कारण लकडाउन भएपछि भदौ मसान्तसम्म नवीकरण गर्न सकिने सूचना जारी गरिएको थियो ।

 

तर, भदौ मसान्तसम्म पनि लकडाउन पूर्ण रुपमा नहटेको, चाडपर्व तथा विविध कारण कार्यालयहरु पूर्ण रुपमा नखुलेकाले मंसीरसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने व्यवस्थाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गएको थियो ।

 

सोही प्रस्ताव बमोजिम मन्त्रिपरिषद्ले मंसीरमसान्तसम्म लाइसेन्स नवीकरण गर्दा जरिवाना नलिने निर्णय गरेको हो ।

 

यातायात व्यवस्था कार्यालय ठूलोभर्याङले ‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार लाइसेन्स नवीकरणमा लाग्ने जरिवाना छुट मंसिर मसान्तसम्म भएको,’ सूचना जारी गरेको छ ।

५ मन्त्रालयको चौमासिक प्रगति : ऊर्जा क्षेत्रको ७८% प्रगति हुँदा पानी जहाजको ०.४७% मात्र Read Previous

५ मन्त्रालयको चौमासिक प्रगति : ऊर्जा क्षेत्रको ७८% प्रगति हुँदा पानी जहाजको ०.४७% मात्र

बन्चरेडाँडा ल्याण्डफिलमा पुस पहिलो सातादेखि फोहर फाल्न मिल्ने Read Next

बन्चरेडाँडा ल्याण्डफिलमा पुस पहिलो सातादेखि फोहर फाल्न मिल्ने