बजार फेरी आफ्नै लयमा, ठूलो करेक्सन अघि अझै केही सय अंक बढ्ने लगानीकर्ताको विश्वास

काठमाडौं। बिभिन्न समाचार र हल्लाहरुको कारणले हिजो ठूलो अंकले घटेको बजार आज फेरी आफ्नै लयमा फर्र्किएको छ । हिजो ६ प्रतिशत घट्दै सर्किट लागेर बन्द भएको बजारमा आज ३.७४ अंकको सुधार आएको छ । हिजो १२३ अंकले घटेको बजारमा आज ७२.२८ अंकको सुधार आएको हो ।

 

हिजो सबै उप–सूचकका प्राय सबै कम्पनीका सेयर मूल्यमा पहिरो नै गएको थियो । तर, आज फेरी सबै उप–सूचकहरु बढेका छन् भने एकाध कम्पनीको मात्र सेयर मूल्य घटेको छ । विगतका दिनहरुको तुलनामा आज कारोबार रकम भने केही घटेको छ । ८–९ अर्बको दैनिक कारोबार भइरहेको बजारमा आज ६ अर्ब ६७ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

 

दैनिक उच्च कारोबार हुन थालेपछि बैंकका कर्जा सबै सेयर बजारमा मात्र आएको आशंका गर्दै केही दिन अघि राष्ट्र बैंकले सेयर कर्जामा पुनरावलोकन गर्ने बताएको थियो । तर, अहिले त्यो अध्ययनको क्रममै रहेकाले कति घटाउने वा नघटाउने निर्णय भने भएनसकेको राष्ट्र बैंकले स्पष्ट पारेको थियो ।

 

राष्ट्र बैंकको पछिल्लो अभिव्यक्ति सँगै लगानीकर्ताहरुको आत्मविश्वास फेरी फर्किएको देखिएको छ ।

 

आज आधा दर्जन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने अत्याधिक चर्चा कमाएका कम्पनीहरु पूर्नबीमा र शिभम सिमेन्टको पनि सेयर मूल्य क्रमश ६८ र ७२ रुपैयाँ प्रति कित्ताले बढेको छ ।

 

आज सबैभन्दा बढि लाइफ इस्योरेन्स सेक्टर ६.०४ प्रतिशतले बढेको छ भने हाइड्रो ५.९९ र उत्पादन ५.०९ प्रतिशतले बढेका छन् । यसैगरी माइक्रोफाइनान्स र नन लाइफ उप–सूचक पनि ४.३० र ५.३४ प्रतिशतले बढेका छन् ।

 

बैंकिङ र विकास बैंक पनि क्रमश २.२३ र २.०२ प्रतिशतले बढेका छन् भने फाइनान्स र होटल पनि क्रमश २.३६ र ३.०५ प्रतिशतले बढेका छन् ।

 

आजको बजारको गति हेर्दा अब बजार केही सय अंक बढ्ने र त्यसपछि मात्र अलि ठूलो करेक्सन आउने लगानीकर्ताहरु बताउन थालेका छन् ।

असरल्ल बिजुलीका तार पोलबाट जमिन मुनि पुर्‍याइँदै (फोटोफिचर) Read Previous

असरल्ल बिजुलीका तार पोलबाट जमिन मुनि पुर्‍याइँदै (फोटोफिचर)

नेपालमै गाडी उत्पादन गर्न कति सम्भव, यी हुन् गर्नैपर्ने काम Read Next

नेपालमै गाडी उत्पादन गर्न कति सम्भव, यी हुन् गर्नैपर्ने काम