मञ्जुश्री फाइनान्सको आकर्षक लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.५० प्रतिशत नगद गरी कुल २३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

फाइनान्सले सेयरधनीलाई बोनस बापत ४ करोड ७२ लाख ६३ हजार ६२७ रुपैयाँ र नगद बापत ४ करोड ४९ लाख ९७ हजार २१९ रुपैयाँ गरी कुल १९ करोड २२ लाख ६० हजार ८४६ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

सालको काठमा लगाइएको प्रतिबन्ध कायमै, सरकारकै कारण अर्बौं रुपयाँ बाहिरिँदै Read Previous

सालको काठमा लगाइएको प्रतिबन्ध कायमै, सरकारकै कारण अर्बौं रुपयाँ बाहिरिँदै

बंगलादेशबाट रासायनिक मल नआउने, साल्ट ट्रेडिङले ल्याएको ३० हजार टन कलकत्ता आइपुग्यो Read Next

बंगलादेशबाट रासायनिक मल नआउने, साल्ट ट्रेडिङले ल्याएको ३० हजार टन कलकत्ता आइपुग्यो