देशभर सडक निर्माण सुस्त, लक्ष्यको ६० प्रतिशत मात्र कालोपत्र

सांकेतिक तस्वीर

काठमाडौं । देशभर समग्र सडक निर्माण सुस्त देखिएको छ । सडक निर्माण अन्तर्गत नयाँ सडक निर्माण, ग्राभेल, कालोपत्र लयागत काम लक्ष्य अनुसार हुन नसकेको देखिएको हो ।

 

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक (साउन-कार्तिक) मा लक्ष्यको ६०.४६ प्रतिशत सडक कालोपत्र भएको छ । चालू आवको पहिलो चौमासमा कुल ३८७ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । त्यसमध्ये कात्तिक मसान्तसम्ममा २३४ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको सडक विभागले जनाएको छ ।

 

कोरोनाका कारण कामदार अभाव, प्रतिकूल मौसम (वर्षायाम),  ठेकेदारको लापारबाही, चाडवाड लगायत कारणले लक्ष्य अनुसार सडक कालोपत्र हुन नसकेको विभागले जनाएको छ ।

 

चालू आवमा कुल १ हजार ८०० किलोमिटर सडकमा नयाँ कालोपत्र गर्ने लक्ष्य राखिएकोमा हालसम्म २५ प्रतिशत प्रगति हुनुपर्नेमा १३ प्रतिशत मात्र काम सम्पन्न भएको हो ।

 

कोरोनाका कारण कामदार अभाव, प्रतिकूल मौसम (वर्षायाम),  ठेकेदारको लापारबाही, चाडवाड लगायत कारणले लक्ष्य अनुसार सडक कालोपत्र हुन नसकेको विभागले जनाएको छ ।

 

सडक विभागका सूचना अधिकारी रमेशकुमार सिंहका अनुसार लक्ष्य अनुसार काम हुन नसके पनि चालू आवमा गत वर्षको तुलनामा धेरै राम्रो प्रगति भएको छ । उनले गत वर्ष कोभिडका कारणले सडक निर्माणमा धेरै असर गरे पनि यो पटक कोभिड असर बाबजूद राम्रो प्रगति भएको बताए ।

 

‘यस्तो समयमा पनि सडक निर्माणले राम्रो गति लिएको हो, यही रफ्तारमा भयो भने चालू आवभित्र लक्ष्य भन्दा बढी प्रगति हुने छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

विभागका अनुसार पहिलो चौमासिकमा २५० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखिएको १७७ किलोमिटर सडक ग्रावेल भएको छ । यस वर्ष १ हजार किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखिएको छ । कुल लक्ष्यको यो १७ प्रतिशत मात्र प्रगति रहेको छ ।

 

चालू आवको चौमासिकमा १४२ किलोमिटर माटे सडक निर्माण भएको छ । १९६ किलोमिटर माटे सडक निर्माण गर्ने राखिएको थियो । चालू आर्थिक वर्षभित्र कुल ५०० किलोमिटर माटे सडक निर्माण गर्ने लक्ष्य लिएको छ । कुल लक्ष्य मध्ये कात्तिकसम्म २८.४० प्रतिशत माटे सडक निर्माण भएको छ ।

 

यस्तै, समीक्षा अवधिसम्म १२१ किलोमिटर सडक पुनः निर्माणका क्रममा कालोपत्र गरिएको छ । यो चौमासिकमा १९७ किलोमिटर सडक विस्तार तथा पुनः कालोपत्र गर्ने लक्ष्य रहेको थियो । चालू आर्थिक वर्ष भित्र ३३४ किलोमिटर सडक पुनः कालोपत्रे गर्ने लक्ष्य रहेको छ ।

 

आवधिक मर्मत तर्फ थोरै काम भएको छ । चालू आर्थिक वर्षमा १०० किलोमिटर सडक आवधिक मर्मत गर्ने लक्ष्य राखिए पनि हालसम्म ३७ किलोमिटर सडक मात्र आवधिक मर्मत भएको हो । चालू आर्थिक वर्षमा कुल ७२९ किलोमिटर सडकमा आवधिक मर्मत गर्ने लक्ष्य रहेको थियो । सो मध्ये यो ५ प्रतिशत मात्र प्रगति भएको हो ।

 

पुल निर्माण भने लक्ष्यभन्दा बढी

 

पहिलो चौमासिकमा लक्ष्य भन्दा बढी पुल निर्माण भएका छन् । कात्तिकसम्ममा ३० पुल निर्माण गर्ने लक्ष्य रहेकोमा ३५ वटा पुल निर्माण सम्पन्न भएको छ ।

 

चालू आव भित्र कुल ३०० पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लक्ष्य मध्ये यो ११.६७ प्रतिशत भौतिक प्रगति हो ।

मंसिर २९ गतेदेखि आइपीओ ल्याउन लागेको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था Read Previous

मंसिर २९ गतेदेखि आइपीओ ल्याउन लागेको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था

नेपाल फाइभ जी सेवा सञ्चालनको तयारी थालिँदै Read Next

नेपाल फाइभ जी सेवा सञ्चालनको तयारी थालिँदै