सेयर बजारमा उछाल : लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, यी ३० कम्पनीका सेयरधनी बने मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ ।

 

बुधरबार नेप्से एकैदिन करिब ७१ अंकले बढेर २०७१ विन्दु पारे गर्दै हालसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ७०.६२ अंकले बढेर २०७१.०३ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ५५ लाख ६४ हजार ४२७ कित्ता सेयर ७ अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । आज जीवन बीमा समूहको सबैभन्दा धेरै ६०८.७३ अंकले बढेको छ भने व्यापार समूह १६.६३ अंकले घटेको छ ।

 

आज लगानीकर्ता नेपाल टेलिकमको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ४० करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स ३० करोड र नबिल बैंक २२ करोडसहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

 

आज कारोबार भएका कुल २०१ कम्पनी मध्ये १३४ कम्पनीको मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ । २० कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

आज लगानीकर्ता माइक्रो फाइनान्स र जीवन बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । यस अघि जलविद्युत, व्यापार लगायत क्षेत्रका कम्पनीमा प्रफिट बुक गरेका लगानीकर्ता आज यी क्षेत्रमा डाइभर्ट भएका हुन् ।

 

आज करिब साढे दुई दर्जन कम्पनीको सेयर मूल्यमा पाजेटिभ सर्किट लागेको छ । सर्किट लाग्नेका अधिकांश माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

 

नेरुडे, जनउत्थान, छिमेक, एनएमबी, लक्ष्मी, मिथिला, विजय लघुवित्त, साञ्जेन जलविद्युत् र हिमालय डिस्ट्रीलरीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यस्तै, सानाकिसान, एनआरएन लघुवित्त, उन्नति सहकार्य, साधना, नाडेप, डेप्रोक्स लघुवित्त, शिवमु सिमेन्ट, पुनर्बीमा कम्पनी, नेपाल टेलिकम, विशाल बजार, नेको इन्स्योरेन्स लगायत डेढ दर्जन कम्प्नीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै, माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत्, सपोर्ट माइक्रोफाइनान्स, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स, सामुदायिक, गणपति, सिभल, आरएसडीसी लघुवित्तका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा पनि सबैभन्दा महँगो सेयर मूल्य रहेको युनिलभर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ५.१९ प्रतिशतले घटेको छ ।

यस कारण आउँदै छ माइक्रोफाइनान्सको सेयरमा उछाल Read Previous

यस कारण आउँदै छ माइक्रोफाइनान्सको सेयरमा उछाल

नयाँ सवारी लाइसेन्सका लागि परीक्षा नलिइने Read Next

नयाँ सवारी लाइसेन्सका लागि परीक्षा नलिइने