काठमाडौं । प्राइम कमर्शियल बैंकले प्रमुख कार्यकारी अधिकृतमा नारायणदास मानन्धरलाई पुनः नियूक्त गरेको छ ।
हिजो शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो ।
बैंकको स्थापनाकाल देखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनको यो चौथो कार्ययकाल हो । यद्यपी राष्ट्र बैंकले सीइओको कार्यकाल तोकेपछि भने उनको यो दोस्रो कार्यकाल हो ।
बैंकले उनको कार्यकालमा निकै राम्रो प्रगति गर्दै आएको र पछिल्लो समयमा बिभिन्न वित्तीय संस्थासँग गाभ्न उनले अग्रसरता देखाएकै कारण उनले पुनः अर्को कार्यकालका लागि नियुक्त गरेको हो ।
सदैव सान्त रहेर बैंकलाई अगाडि बढाउँदै आएका मानन्धर लो प्रफाइलमा बसेर काम गर्न रुचाउने सीइओमा पर्छन् ।