पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता, किन्नेको ओइरो लाग्दा बेच्ने शून्य

काठमाडौं । लगानीकर्ता नेपाल पुनर्बीमा कम्पनीको सेयरमा झुम्मिएका छन् । पछिल्लो समय लगातार मूल्य बढे पनि लगानीकर्ता यस कम्पनीको सेयर किन्न अझै आकर्षित भएका हुन् ।

 

पछिल्लो दुई सातामै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६०० रुपैयाँ बढीसकेको छ । मंसिर ३ गते प्रतिकित्ता १००० रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज १६०० रुपैयाँ पुगेको छ ।

 

पछिल्लो १ महिनादेखि सबैभन्दा धेरै कारोबार हुँदै आएको यस कम्पनीले अहिलेसम्म गत वषको मुनाफाबाट लाभांश घोषणा नगरे पनि लगानीकर्ता अझै यसको सेयर किन्न मरिहत्ते गर्दैछन् ।

 

आज २ बजेसम्म यस कम्पनीको मात्रै ६५ करोड रुपैयाँको कारोबार भइसकेको छ । यस कम्पनीको १ लाखभन्दा बढी कित्ता सेयर माग हुँदा विक्रीकर्ता भने शून्य रहेका छन् ।

 

नेप्सेमा १० करोड कित्ता सेयर सूचीकृत भए पनि विक्रीकर्ता नहुँदा कम्पनीको सेयर भाउ अझै बढ्ने आँकलन गरिएको छ । तर, लगानीकर्ता हल्ला र लहैलहैको भरमै कम्पनीको सेयर महँगो किन्दा भने सावधानी हुनुपर्ने देखिन्छ ।

मोडेर्नाले माग्यो अमेरिका र यूरोपमा कोरोनाको खोप प्रयोगको अनुमति Read Previous

मोडेर्नाले माग्यो अमेरिका र यूरोपमा कोरोनाको खोप प्रयोगको अनुमति

सेयर बजारमा किन देखियो तीव्र उतरचढाव Read Next

सेयर बजारमा किन देखियो तीव्र उतरचढाव