नेपाल बंगलादेश बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ३.५८ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

खाद्य ऐन उल्लङ्घन गर्ने पहिलो नम्बरमा पानी उद्योग, कारबाही फितलो Read Previous

खाद्य ऐन उल्लङ्घन गर्ने पहिलो नम्बरमा पानी उद्योग, कारबाही फितलो

६० करोडको आइपीओ जारी गर्न अनुमति पाएको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था Read Next

६० करोडको आइपीओ जारी गर्न अनुमति पाएको प्रभु लाइफको यस्तो छ वित्तीय अवस्था