काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई १३.२७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६९ प्रतिशत नगद गरी कुल १३.९७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा करिब १४ प्रतिशत कम हो । लघुवित्तले उक्त आवमा २५.७५ प्रतिशत बोनस र १.४१ प्रतिशत नगद गरी कुल २८.१६ प्रतिशत लाभांश दिएको थियो ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।