न्यादी हाइड्रोपावरको ४० करोडको आइपीओ आउँदै, अनुमति माग्दै बोर्डमा दियो आवेदन

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले प्राथमिक साधरण सेयर आइपीओ निष्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले चुक्ता पूँजीको २७ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आइपीओ विक्री गर्न अनुमति मागेको हो ।

 

त्यसमध्ये १५ लाख कित्ता (१० प्रतिशत) सेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र ३ लाख कित्ता (२ प्रतिशत) सेयर संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ ।बाँकी २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधरणमा जारी गर्नेछ ।

 

कम्पनीले हाल लमजुङको मर्स्याङदी नगरपालिकास्थित न्यादी नदीमा ३० मेगावटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ४ करोड २५ लाख रुपैयाँ रहेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सेयर प्रत्याभूतकर्तामा नागरिक लगानी कोष रहेका छन् ।

 

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै Read Previous

निजगढ विमानस्थलको लगानी मोडालिटी बनाइँदै

चक्रपथमा गुडाउने मोनो रेलको डीपीआर नै अन्योलमा, कहिले शुरू होला काम ? Read Next

चक्रपथमा गुडाउने मोनो रेलको डीपीआर नै अन्योलमा, कहिले शुरू होला काम ?