एनआइसी एशियाको खुलामुखी म्युचुअल फण्डको विक्री खुल्ला, कति कित्ता भर्ने

काठमाडौं । एनआइसी एशिया क्यापिटलले आजदेखि ‘एनआइसी एशिया डाइनामिक डेब्ट फण्ड’ नाम म्युचुअल फण्ड विक्री खुला गरेको छ ।

 

एनआइसी एशिया बैंक कोष प्रबर्द्धक रहेको यस खुलामुखी म्युचुअल फण्डको आजदेखि विक्री खुल्ला भएको हो । एनआइसी एशिया क्यापिटलले प्रतिइकाई (कित्ता) १० रुपैयाँका दरले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई विक्री खुल्ला गरेको हो ।

 

निष्काशित कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई (१५ प्रतिशत) बीज पूँजीबापत एनआइसी एशिया बैंकलाई छुट्याइएको छ । बाँकी ४ करोड २५ लाख इकाई (८५ प्रतिशत)मध्ये पहिलो चरणमा १ करोड २५ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

यस म्युचुअल फण्डमा लगानीकर्ताले मंसिर १६ गते सम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिमा पूरै इकाईका लागि आवेदन नपरे मंसिर २६ गतेसम्म आवेदन दिन पाउने क्यापिटलले जनाएको छ ।

 

लगानीकर्ताले न्यूनतम न्यूनतम १०० इकाईदेखि (१ हजार रुपैयाँ) अधिकतम ५० लाख इकाई ( ५ करोड रुपैयाँ) सम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले सी-आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

रेटिङ एजेन्सी इक्रा नेपालले योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटललाई ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ दिएको छभने प्रबर्द्धक एनआइसी एशिया बैंकलाई ‘इक्राएनपी-बीबीबी प्लस’ रेटिङ दिएको छ। यसले मध्यम जोखिम रहेको जनाउछ।

अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिलाई कोरोनाको खोप लगाउने तयारी Read Previous

अमेरिकामा पहिलो चरणमा ६४ लाख व्यक्तिलाई कोरोनाको खोप लगाउने तयारी

नबिल बैंक बन्यो १ खर्ब पूँजीकरण हुने तेस्रो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Next

नबिल बैंक बन्यो १ खर्ब पूँजीकरण हुने तेस्रो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी