पिपुल्स पावरको आइपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । पिपुल्स पावर कम्पनीले सर्वसाधरणमा प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले उक्त रकम बराबरको आइपीओ निष्काशन गर्नका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बिहीबार पिपुल्स र क्यापिटलबीच आइपीओ निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीे र पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपालले हस्ताक्षर गरे ।

 

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कुल सेयर लगानीको ३० प्रतिशत (करिब ३१ करोड रुपैयाँ बराबरको) सेयर जारी गर्ने भएको हो ।

 

कम्पनीले यस अघि नै साधरण सभाबाट आइपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको छ । अब आइपीओ जारी गर्न अनुमति माग्न छिट्टै धितोपत्र बोर्डमा आवेदन दिने र अनुमति पाएलगत्तै सेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

 

पिपुल्स पावरले इलामको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

 

९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो। जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहनेछ।

महासंघले ठूलाको मात्र होइन साना व्यवसायीको पक्षमा वकालत गर्नुपर्छ : दिनेश श्रेष्ठको अन्तर्वार्ता Read Previous

महासंघले ठूलाको मात्र होइन साना व्यवसायीको पक्षमा वकालत गर्नुपर्छ : दिनेश श्रेष्ठको अन्तर्वार्ता

धमाधम किसानको धान किन्दै सरकार, ८ हजार ९० टन खरिद Read Next

धमाधम किसानको धान किन्दै सरकार, ८ हजार ९० टन खरिद