सेयर बजार ४ वर्ष यताकै उच्च, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजार ४ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । सोमबार २ अंकको झिनो करेक्शन आएको बजारमा आज दोहोरो अंकले बढेर १८०० विन्दु पार गरेको हो ।

 

अब नेप्सेले ऐतिहासिक रेकर्ड १८८१ को विन्दु तोड्न ७१ अंक मात्र बाँकी छ । यस अघि २०७३ असोज ३० गते नेप्से परिसूचक १८०० विन्दुमा थियो ।

 

सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । हिजो करिब पौने ५ अर्बको कारोबार भएकोमा आज बढेर साढे ५ अर्ब पुगेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २९.६८ अंकले बढेर १८१०.११ विन्दुमा पुगेको छ । यसदिन १९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५२० कित्ता सेयर ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८८ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक उकालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३२७.५१ अंकले बढेको छ भने होटल समूह ३४.९२ अंकले घटेको छ ।

 

आज लगानीकर्ता एनआइसी एशिया बैंकको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल टेलिकम र नेपाल पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल १९६ कम्पनी मध्ये १४० कम्पनीको मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

बढ्दो बजारमा आज आधादर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोदलर्स नेपाल, हिमालयल डिस्ट्रिलरी, विशाल बजार आँखुखोला जलविद्युत, मल्टीप्रपोज फाइनान्स, अजोड इन्स्योरेन्स र ङादी पावरका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले बढेको बजारमा आज सोल्टी होटलका लगानीकर्ताले सबैभन्दा धेरै ३.२० प्रतिशतले गुमाएका छन् ।

व्यावसायिक व्यक्ति हुँ, मसँग महासंघलाई हाक्ने स्पष्ट भिजन छ  : चन्द्रप्रसाद ढकालको अन्तर्वार्ता Read Previous

व्यावसायिक व्यक्ति हुँ, मसँग महासंघलाई हाक्ने स्पष्ट भिजन छ  : चन्द्रप्रसाद ढकालको अन्तर्वार्ता

हुलाकी सडक निर्माण अति सुस्त गतिमा, ४५ महिनामा जम्मा १४ किमी कालोपत्र Read Next

हुलाकी सडक निर्माण अति सुस्त गतिमा, ४५ महिनामा जम्मा १४ किमी कालोपत्र