सुनको भाउ तोलामा एकैदिन १८०० रुपैयाँ घट्यो

काठमाडौं । सुनको भाउमा ह्वात्तै गिरावट आएको छ । सोमबार कुनै परिवर्तन नभएको सुनको मूल्य मंगलबार एकैदिन प्रतितोला १८०० रुपैयाँ घटेको छ ।

 

अघिल्लो दिन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १८०० रुपैयाँ घट्दै प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

 

आज तेजावी सुनको मूल्य पनि प्रतितोला १८०० रुपैयाँ नै घट्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

 

मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घट्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११८० रुपैयाँ तोकिएको छ ।

एनआइसी एशिया बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

एनआइसी एशिया बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

अक्सफोर्ड यूनिभर्सिटीको खोपले ७० प्रतिशत सुरक्षा दिने, अन्य कम्पनीको खोपभन्दा धेरै सस्तो हुने Read Next

अक्सफोर्ड यूनिभर्सिटीको खोपले ७० प्रतिशत सुरक्षा दिने, अन्य कम्पनीको खोपभन्दा धेरै सस्तो हुने