काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यस्तै, बैठकले प्रस्तावित लाभांश पारित गर्न मंसिर ३० गते ५३ औं साधरण सभा बोलाएको छ । कम्पनीले साधरणसभा प्रयोजनाका लागि मंसिर १५ देखि ३० गतेसम्म बुकक्लोज तोकेको छ । त्यसअनुसार मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल १५ अर्ब ३४ करोड ९१ हजार ७४४ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस पछि चुक्ता पूँजी १९ करोड १९ लाख ६९ हजार ७५० रुपैयाँ पुग्नेछ।