सेयर कारोबारमा किन आयो ह्वात्तै गिरावट, एकैदिन २ अर्ब बढीले घट्यो

काठमाडौं । पछिल्लो दिनहरुमा निरन्तर उकालो लागेको सेयर बजारमा आज झिनो करेक्शन आएको छ । तिहार पछिका ३ कारोबार दिनमा मात्रै करिब ६५ अंकले बढेको बजारमा आज दुई अंकको करेक्शन आएको हो ।

 

सूचकमा झिनो गिरावट आएपनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ । आइतबार इतिहासकै सर्वाधिक ६ अर्ब ९० करोड कारोबार भएकोमा आज २ अर्ब १५ करोडले गिरावट अनएको छ ।

 

पछिल्लो समय अस्वभाविक रुपले बढेको बजारमा प्रफिट बुक गर्ने हावी हुँदा कारोबारमा ह्वात्तै गिरावट आएको आँकलन गरिएको छ । यद्यपि आज पनि कारोबार रकम भने उत्सािहजनक नै रहेको छ

 

सेयर बजार मापक सूचक नेप्से २.३८ अंकले घटेर १७८०.४३ विन्दुमा पुगेको छ । यसदिन १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३४७ कित्ता सेयर ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६११ रुपैयाँमा कारोबार भएको छ ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १३३.५८ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १८२.४० अंकले घटेको छ ।

 

आज लगानीकर्ता नेपाल बैंकको कम्पनीको सेयरमा झुम्मिएका छन् । यसको सबैभन्दा धेरै ३० करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुनर्बीमा कम्पनी र हिमालय डिस्ट्रिलरीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज कारोबार भएका कुल १९९ कम्पनी मध्ये ५५ कम्पनीको मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ । २३ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

 

घट्दो बजारमा आज जलविद्युत् कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.५३ प्रतिशतले गुमाएका छन् ।

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि 'साइट क्लिरेन्स’ ९७ प्रतिशत सम्पन्न, अझै १९ घर हटाउन समस्या Read Previous

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि 'साइट क्लिरेन्स’ ९७ प्रतिशत सम्पन्न, अझै १९ घर हटाउन समस्या

‘थारो’ कम्पनीको सेयर महँगोमा किन्ने लगानीकर्ता फस्दै Read Next

‘थारो’ कम्पनीको सेयर महँगोमा किन्ने लगानीकर्ता फस्दै