सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको आइतबार बसेको भर्चुअल बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ५.८० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.४८ प्रतिशत नगद गरी कुल ८.२८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ७.५२ प्रतिशत कम हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ५.८० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम ८५ प्रतिशत सम्पन्न Read Previous

देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको काम ८५ प्रतिशत सम्पन्न

कोरोनाका बीच २० अर्बको वैदेशिक लगानी प्रस्ताव, पर्यटन क्षेत्र रोजाइमा Read Next

कोरोनाका बीच २० अर्बको वैदेशिक लगानी प्रस्ताव, पर्यटन क्षेत्र रोजाइमा