ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख थान बिक्यो

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै झण्डै ९ लाख प्रति बिकेको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति विक्री भएको छ ।

 

नोभेम्बर १७ मा सार्वजनिक गरिएको ओबामाको नयाँ पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै विक्री हुने अनुमान गरिएको छ ।

 

यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति विक्री भएको थियो । सन् २०१८ मा प्रकाशित उक्त पुस्तक अहिलेसम्म विश्वभर गरेर १ करोड प्रतिभन्दा बढी विक्री भइसकेको छ ।

 

सार्वजनिक भएको पहिलो दिनमै सबैभन्दा बढी विक्री हुने पुस्तकचाहिँ जे के रोलिङको ‘ह्यारी पोर्टर एन्ड द डेथ्ली हलोज’ हो । सन् २००७ मा प्रकाशित उक्त पुस्तक पहिलो २४ घण्टामै ८० लाखभन्दा बढी विक्री भएको थियो ।

 

पुस्तकमा ओबामाले आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि पनि चर्चा गरेको बताइएको छ । एजेन्सी

विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक, तर यी व्यक्तिले भने पाउनेछन् भिसा Read Previous

विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक, तर यी व्यक्तिले भने पाउनेछन् भिसा

उपत्यकामै पाइन्छ ४ लाखमा एक रोपनी जग्गा ! Read Next

उपत्यकामै पाइन्छ ४ लाखमा एक रोपनी जग्गा !