उपत्यकामा २ दर्जन पार्क बन्दै, केही अन्तिम चरणमा

काठमाडौं । काठमाडौं उपत्यकामा करिब २ दर्जन पार्क बन्ने भएका छन् । उपत्यका विकास प्राधिकरण अन्तर्गत ८ वटा पार्क बन्ने क्रममा रहेका छन् भने थप १३ वटा पार्क बनाउने योजना अघि सरेको छ ।

 

प्राधिकरण अन्तर्गत जिल्ला आयुक्त कार्यालयले ८ वटा पार्क बनाइरहेको हो । सो पार्क मध्ये ३ वटा पार्क निर्माणको अन्तिम चरणमा रहेको जिल्ला आयुक्त कार्यालयका इन्जिनीयर रवि शर्माले बताए ।

 

जिल्ला आयुक्त कार्यालयले २०७५/७६ बाट बहुवर्षे आयोजना अन्तर्गत ८ वटा पार्कहरु उपत्यका भित्र बनाइरहेको हो । गत वर्ष निर्माण सम्पन्न हुनु पर्ने धेरै पार्कहरु कोभिडका कारण रोकिएका छन् ।

 

गत वर्ष बन्ने क्रममा रहेका ८ वटा पार्कहरु मध्ये उनले ८ वटा मध्ये ५ वटा पार्क निर्माणाधिन अवस्थामा रहेको बताए । कोभिड १९ का कारण सो पार्कहरु निर्माणमा ढिलाइ भएको उनले जानकारी दिए ।

‘कोभिडका कारण २/३ वटा पार्कहरुमा असर परेको हो । वासिन्दाहरुले कोरोना सर्ने भन्दै मजदुरहरुलाई निर्माण स्थलमा गएर काम गर्न दिएन्न्,’ इन्जिनियर शर्माले चाणक्य पोष्टसँग भने ।

 

कोभिडकै कारण निर्माणमा ३ महिना काम ठप्प भएको थियो । कोभिडका कारण शुरुवाति समयमा बुढानिलकण्ठ, खुसिबु, नरेफाँटमा बन्ने क्रममा रहेका पार्कहरुमा काम गर्न असहज भएको थियो ।

 

बाँकी रहेका ५ पार्कहरु ७ महिनाको अवधिमा सम्पन्न हुने इन्जिनीयर शर्माले बताए । सो मध्ये ३ वटा पार्कको भौतिक प्रगति ९० प्रतिशत रहेको छ भने २ वटा पार्कको भौतिका प्रगति ६०/७० प्रतिशतका हाराहारीमा रहेको छ ।

बुढानीलकण्ठमा ४ वटा पार्क निर्माणाधीन अवस्थामा रहेको छ । तीमध्ये २ वटा पार्क निर्माण सम्पन्न भइसकेको छ । बाँकी दुई वटा मध्य एउटाको ९० प्रतिशत काम सकिएको छ भने अर्कोको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

 

सो पार्कहरु एउटा साडे ४ रोपनीको क्षेत्रफलमा फैलिएको छ । अर्को १६ रोपनीको रहेको छ भने २ वटा साढे ५ रोपनी क्षेत्रफलमा फैलिएको जनाइएको छ ।

 

१६ रोपनीमा बन्दै गरेको पार्क १ महिना भित्र पूरा गरी हस्तान्तरण गरिने इन्जिनीयर शर्माले बताए । साढे ५ रोपनीको एउटा पार्क निर्माण सकिसकेको छ ।

 

मूलपानीको वडा नम्बर १० मा १९ रोपनीमा पार्क निर्माण पूरा भइसकको छ । बालुवाखानी वडा नम्बर १० मा साढे ५ देखि ६ रोपनी जग्गामा पार्क बन्ने क्रममा रहेको छ ।

 

नरेफाँटमा मनहरा कोरिडरसँगै २१ रोपनी क्षेत्रफलमा पार्क बन्दै छ । अबको ४ महिनामा सो पार्क निर्माण पूरा हुने छ । उक्त पार्कमा भौतिक काम सकिसकेको छ । अन्य रंरोगन र ब्यूटिफिकेसनका कामहरु भइरहेको छ ।

खुसीबुमा ६ रोपनी क्षेत्रफलमा पार्क बन्दै छ । सो पार्कको ६० प्रतिशत काम पूरा भइसकेको छ । उक्त पार्क अबको ३ महिनामा पूरा हुने प्राधिकरणले जनाएको छ ।

 

बुढानिलकण्ठ वडा नम्बर ८ मा २१ रोपनिमा पार्क बन्दै छ । त्यो पार्क अबको ७ महिनामा पूरा हुने छ । यसको भौतिक प्रगति ५० प्रतिशत रहेको छ । हालसम्म पार्क पार्क बनाउने क्रममा ८ करोड रुपैयाँ खर्च भइसकेको छ ।

 

यस्तै चालू आर्थिक वर्षमा उपत्यका भित्र थप १३ वटा पार्क बन्ने योजना रहेको छ । पार्क निर्माण हाल अध्ययनका क्रममा रहेको छ । १३ वटा मध्ये २/३ वटा पार्कको अध्ययन जिल्लाहरुबाट भइरहेको इन्जिनीयर शर्माले बताए । सो पार्क अध्ययन १ महिनामा पूरा हुने छ । अध्ययन लगतै लागत आउने छ । त्यसपछि ठेक्का आवहान तर्फ लागिने छ ।

 

साथै काठमाडौं वडा नम्बर ४ र ५ मा पब्लिक ल्याण्ड छुट्याएर नगरपालिकालाई पार्क बनाउन दिइएको छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा ३० वटा पार्क बनाउने निर्णय गरेको छ । सो पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।

कोरोनाको चिनियाँ खोप मध्य-चरण परीक्षणमा सफल, ६० हजार जनालाई लगाइयो Read Previous

कोरोनाको चिनियाँ खोप मध्य-चरण परीक्षणमा सफल, ६० हजार जनालाई लगाइयो

सेयर बजारमा इतिहासको तेस्रो धेरै कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजारमा इतिहासको तेस्रो धेरै कारोबार, यी कम्पनीका लगानीकर्ता भए मालामाल